+
+
Shares

धितोपत्र बजारको नीति तथा कार्यक्रमका लागि बोर्डले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि राय सुझाव माग गरेको छ।
  • बोर्डले बजार विकास, विस्तार तथा सुधारका लागि कार्यान्वयनयोग्य रचनात्मक राय सुझाव पठाउन आग्रह गरेको छ।
  • सरोकारवालाले जेठ १५ गतेभित्र बोर्डको इमेल रिसर्चएट सेबोन डट् जीओभी डट् एनपीमा सुझाव पठाउन सक्नेछन्।

१६ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि राय, सुझाव माग गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजार सम्बन्धी नीति तथा कार्यक्रम तयारी गर्ने कार्य अगाडि बढेको जनाउँदै बोर्डले बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवम् रचनात्मक राय, सुझाव पठाउन बोर्डले सरोकारवालासँग आग्रह गरेको छ । जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना रिसर्चएट सेबोन डट् जीओभी डट् एनपीमा सुझाव पठाउन सकिनेछ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा प्रभावकारी विकास र विस्तारका लागि प्रत्येक आर्थिक वर्ष नीति तथा कार्यक्रम तर्जुमा र सार्वजनिक गर्दै आएको छ । तर सार्वजनिक भएका थुप्रै नीति तथा कार्यक्रमको कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?