+
+
Shares

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्।
  • उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन्।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते  तरुण दलको अध्यक्ष मनोनित भएका थिए ।

‘पार्टी निर्माणको अभियानमा सहज बातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु’ उनले भनेका छन् ।

उनले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै यो बीचमा राजनीतिक घटनाक्रमका कारण तरुण दलको अधिवेशन गराउन नसकेको  पनि बताएका छन् ।

गुरुङले तरुण दललाई दलको मूल मर्म र भावना अनुरुप अझ संगठित, शसक्त र पार्टीप्रति क्रियाशील बनाउन पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै सहयोग गर्ने पनि बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?