+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र फेरि चौथोमा उक्लिए

२०८३ वैशाख  १६ गते १७:१४ २०८३ वैशाख १६ गते १७:१४
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र फेरि चौथोमा उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्।
  • दीपेन्द्रको रेटिङ अंक २४५ पुगेको छ र उनले नेपाल र यूएईबीचको घरेलु टी-२०आई शृंखलामा ब्याटिङ गरेका थिए।
  • आईसीसी टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् र भारतका हार्दिक पान्ड्या दोस्रो स्थानमा छन्।

१६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर २४५ भएको छ ।

गत साता उनी चौथो स्थानबाट पाँचौंमा झरेका थिए । नेपाल र यूएईबीचको घरेलु टी-२०आई शृंखलापछि उनको रेटिङ अंक फेरि हल्का बढेको हो । हालैमात्र उनी नेपालको टी-२०आई कप्तान चुनिएका थिए ।

गत साता सोमबार र मंगलबार भएको यूएईसँगको टी-२०आई शृंखलामा दीपेन्द्रले दुवै खेलमा ब्याटिङ गरेका थिए । पहिलो खेलमा ३२ र दोस्रो खेलमा २३ रन बनाएर नटआउट रहेका थिए ।

पहिलो खेलमा बलिङ नगरेका दीपेन्द्रले दोस्रो खेलमा ३ ओभरमा १६ रन खर्चिएर कुनै विकेट लिएनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

 

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय