News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै रेडबुल दशाैं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ को फाइनल प्रवेश गरेको छ।
- पुलिस क्लबले चार खेलबाट १२ अंक जोडेको छ भने न्यु डायमन्डले पनि चार खेल जितेर फाइनल पुगिसकेको छ।
- त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै एभरेस्ट भलिबल क्लबले महिला तर्फ तेस्रो जित हात पारेको छ।
१६ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
बुधबार दशरथ रंगशाला कभर्डहलमा भएको विभागीय डर्बीमा नेपाल एपीएफ क्लबविरुद्ध ३-१ मो पुनरागमन जित निकाल्दै पुलिस फाइनल पुगेको हो ।
पुलिसले एपीएफलाई २१-२५, २५-१९, २९-२७, २५-२१ ले पराजित गरेको हो । पुलिसले चार खेलबाट १२ अंक जोडेको छ । यसअघि नै न्यु डायमन्ड पनि ४ खेल जितेर फाइनल पुगिसकेको छ ।
यी दुई टोलीबीच अब बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ र उपाधिका लागि पनि यही दुई टोली शनिबार भिड्नेछन् ।
महिलातर्फ अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै एभरेस्ट भलिबल क्लबले तेस्रो जित हात पार्दै तेस्रो भएको छ ।
प्रतिक्रिया 4