+
+
Shares

गत वर्ष पनि लगत संकलन गरेर विपद् व्यवस्थापनको काम गरेका थियौँ : नेपाली सेना

नेपाली सेनाले विगतमा गरेको विपद् व्यवस्थापनको लगत संकलन गरेर यसपटकको तयारी गरिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १९:११

काठमाडौँ । नेपाली सेनाले विगतमा गरेको विपद् व्यवस्थापनको लगत संकलन गरेर यसपटकको तयारी गरिएको जनाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गत वर्ष असोज १९ गते काठमाडौँ र देशका विभिन्न क्षेत्रमा गएको बाढीमा सेनाको उद्धार टोली खटिएको र अहिले पनि सोहीअनुसार तयारी गरिएको छ ।

उनले गत वर्ष अबिरल बर्षाको कारण काठमाडौँ उपत्यका भित्र बाढी प्रभावित विभिन्न २८ स्थानहरुमा विपद्जन्य क्षति न्यूनीकरण तथा उद्धार कार्यको लागि नेपाली सेनाको फौज आवश्यक उपकरण सहित पूर्व तैनाथी गरिएको स्मरण गराए ।

त्यस्तै गत वर्ष भक्तपुरको चाँगुनारायण–६ स्थित बास्तोला गाउँमा स्थानीयको घरमुनिबाट लगातार पहिरो गइरहेकोले बस्ती जोखिममा पर्दा भक्तपुरको खरिपाटी स्थित रणशुर गुल्मबाट उद्धारको लागि खटिएको फौजले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको पनि जानकारी गराए ।

उनले काठमाडौँको बुढानिलकण्ठ १० आकाशेधारा इलाकामा रुख ढली अवरुद्ध भएको सडकको अवरोध हटाउने कार्यको लागि फष्टरैफल गणबाट खटिएको फौजले काम गरेको पनि जानकारी गराए ।

ललितपुर महानगरपालिका– ९ च्यासलस्थित बागमती खोलाको पुल मुनी बाढीले बगाएर ल्याएको रुखले खोला अवरुद्ध भई पुल समेत जोखिम रहेकोमा राजदल गणबाट खटिएको फौजले अवरोध हटाएको पनि उनले उनले स्मरण गराए ।

सेनाले गत वर्ष उपत्यकाबाहरि पनि विभिन्न ठाउँमा खोज तथा उछारको कार्य गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?