+
+
Shares

एक हप्ताका लागि खुल्यो कांग्रेस सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५ औं महाधिवेशनकालागि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता इन्ट्रीका लागि वैशाख १६ गतेदेखि १ हप्ताका लागि अनलाइन फारम खुला गर्ने निर्णय गरेको छ।
  • सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नविकरण शुल्क सहित केन्द्रीय कार्यालयमा नबुझाएका जिल्ला र क्षेत्रका लागि डिजिटल प्रणालीमा सदस्यता नवीकरण र नयाँ इन्ट्री गर्ने समय दिने निर्णय गरेको छ।
  • वडा सभापतिहरुको रिक्त पद भर्न र सदस्यता अद्यावधिक गर्न जिल्ला, क्षेत्र र केन्द्रीय प्रतिनिधि मार्फत डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ । आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यतामा बसेको बैठकले यसबारे निर्णय गरेको हो ।

‘१५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

यस्ता छन् कांग्रेस बैठकका निर्णयहरू

१) १५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा मिति २०८३/१/१६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो ।

२) १५ औं महाधिवेशनकालागि क्रियाशील नविकरण गरी अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समिति र अधिवेशन हुन नसकेका जनसम्पर्क समितिहरुलाई वर्गिकरण गरी सम्वन्धित जनसम्पर्क समितिको समस्या पहिचान गरी समाधान गर्ने र अधिवेशन भइसकेका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरुको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित ) बमोजिम अद्यावधिक गर्ने । केन्द्रीय कार्यालयको डिजिटल सिष्टममा इन्ट्री नभएका जनसम्पर्क समिति मार्फत दिइएका क्रियाशील सदस्यहरुको हकमा मिति २०८३ वैशाख १६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियाशील इन्ट्री गर्ने समय दिने निर्णय भयो । यसकालागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गरिनेछ ।

३) जनसम्पर्क समितिको हकमा यो भन्दा अगाडिको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेको व्यवस्था बमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाइ निरन्तरता दिने । यसरी भरेको क्रियाशील अनलाइन फारम सम्वन्धित देशको जनसम्पर्क समिति अध्यक्षलाइ जानकारी गराइनेछ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेवसाइटमा राखिनेछ ।

४) नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने साथै अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम व्यवस्था गरिएको छ ।

५) नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विविध कारणले क्रियशील सदस्यता नविकरण छुट भइ सो को लागि केन्द्रमा निवेदन परेकोमा नेपाली कांग्रेसको नियमावली अनुसार विधानमा व्यवस्था भए बमोजिमको शुल्क लिइ २०८३ वैशाख १६ गते देखि लागु हुने गरि १ हप्ताकालागि केन्द्रबाटै नविकरण गर्ने व्यवस्था गर्ने । सो को विवरण सम्वन्धित जिल्लामा जानकारी गराइनेछ ।

६) विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरुको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नकालागि जिल्ला/क्षेत्र/केन्द्रीय प्रतिनिधि/ वडा कार्यसमितले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?