+
+
Shares
अध्यादेश :

सरकारले विश्वविद्यालयका सबै पदाधिकारी हटाउन सक्ने

सरकारले विश्वविद्यालयका पदाधिकारीको पदावधि सम्बन्धी प्रावधान नै नरहनेगरी राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ वैशाख १६ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले विश्वविद्यालयका पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधान राखेर राष्ट्रपतिलाई विश्वविद्यालय सम्बन्धी ऐन संशोधन अध्यादेश सिफारिस गरेको छ।
  • अध्यादेशले पदाधिकारीहरूको कार्यकाल ४ वर्षको व्यवस्था हटाएर सरकारले चाहेको बेलामा पदाधिकारी हटाउन सक्ने व्यवस्था गरेको छ।
  • नेपालमा १८ विश्वविद्यालय छन् र यसअघि राजनीतिक भागबन्डा हुँदै आएको नियुक्ति प्रणालीलाई मेरिटको आधारमा परिवर्तन गर्ने प्रतिबद्धता लागू गर्न लागेको छ।

१६ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयका हालका पदाधिकारीहरूलाई हटाउन सक्ने खालको प्रावधान राखेर राष्ट्रपतिलाई अध्यादेश सिफारिस गरेको छ ।

राष्ट्रपति कार्यालयमा बुधबार सिफारिस गरिएका तीनमध्ये एउटा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि छ । उक्त अध्यादेशमा विश्वविद्यालयहरूका छुट्टाछुट्टै ऐनका विभिन्न प्रावधानहरू संशोधन गर्ने प्रावधान छ ।

सरकारी स्रोतका अनुसार यो अध्यादेशमा पदाधिकारीहरूको पदावधि सम्बन्धी प्रावधानलाई नै हटाइएको छ ।

अहिलेका ऐनअनुसार विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । यो सम्बन्धी व्यवस्था नै अध्यादेशबाट हटाउन खोजिएको छ ।

स्रोतका अनुसार पदाधिकारीहरूका कार्यकाल कति अवधि रहने भन्ने अध्यादेशमा छैन । यसको अर्थ हाल नियुक्त भएर काम गरिरहेका पदाधिकारीहरूलाई सरकारले चाहेको बेलामा हटाउन पनि सक्छ ।

विश्वविद्यालयमा उपकुलपति, रेक्टर र रजिष्ट्रारहरूको नियुक्ति हुने प्रावधान छन् । कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुन्छन् ।

विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा यसअघि राजनीतिक भागबन्डा हुँदै आएको भन्दै आलोचना हुने गरेको छ ।

त्यसलाई हटाएर मेरिटको आधारमा मात्र अब नियुक्ति गर्ने सत्तारुढ दल रास्वपाको चुनावी वाचापत्रमा उल्लेख थियो । अहिले त्यही प्रतिबद्धता लागू गर्न लागेको हो ।

कति छन् विश्विविद्यालयहरू ?

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?