+
+
Shares

एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:४७
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । कुनै बेला एमाले युवाहरूको पार्टी थियो । स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए ।

अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ । पार्टीले ५ प्रतिशत युवा कोटा राख्ने निर्णय पारित गरे पनि युवाहरु नेतृत्वमा आउन अझै पनि छुटेका छन् ।

यसैका बीचमा एमालेमा ४१ वर्षीया रचना खड्काले सचिव पदमा उम्मेदवारी हालेकी छन् । बागमतीकी पूर्वअर्थमन्त्री रचना एमालेको केन्द्रीय सदस्यमा पहिलो चोटि चुनिँदा २८ वर्षकी थिइन् ।

०४१ असार ५ गते रामेछापमा जन्मेकी रचना आफ्नै जिल्लाबाट सांसद चुनिइन् । उनी बागमती प्रदेश सभा सदस्य,  बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनिन् । पार्टी तथा सरकार दुवैतर्फबाट नेतृत्वमा अघि बढ्दै गरेकी रचनाले आफू कान्छो उमेरको पदाधिकारी उम्मेदवार बन्ने संयोगलाई पार्टी नेतृत्व र जनताबीच टाढिँदो सम्बन्ध नजिक्याउने अवसरका रुपमा हेरेकी छन् ।

‘आम नागरिक, खासगरी युवाहरुको भावनालाई आत्मसात् गर्दै पार्टीसँग बढेको दूरीलाई अब मेट्ने हाम्रो योजना हुन्छ,’ खड्काले भनिन्, ‘जनतामा बढेको निराशा, जन अपेक्षा र डेलिभरीका खाडलको सन्दर्भमा हामी ठोस र देखिने खालका कदम चाल्ने छौं ।’

रचनाले एमाले जनसंगठन विभागको उपप्रमुखका रुपमा २३ वटै जनसंगठनमा काम गरेकी छन् । अनेरास्ववियुको शीर्षस्थ तहसम्म काम गरेर पार्टीमा सक्रिय उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेकी छन् । पार्टीको विचार निर्माण तथा संगठन दुवैतर्फ उनको दक्खल छ ।

नेतृत्व छान्न आज साँझदेखि मतदान हुने एमाले ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?