News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप आज मात्र भाडामा लिएको छ।
- एमाले सचिव योगेश भट्टराईले भृकुटीमण्डपमा भोलि कार्यक्रम गर्न अनुमति नभएको जानकारी दिनुभयो।
- स्थायी कमिटी सदस्य विनोद श्रेष्ठले आज रातभरमा निर्वाचनका कार्यक्रमहरू सक्ने बताउनुभयो।
१ पुस, काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ । यसअनुसार एमालेले आज मतदान प्रक्रिया सक्नैपर्ने हुन्छ ।
भोलि (बुधबार)देखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘आज समयमै मतदान सुरु भएन। अब राति मतदान सुरु हुने कुरा छ,’ भट्टराईले भने, ‘यो ठाउँ आजको लागि मात्र हाम्रो हो । भोलिबाट यो अरु कसैको हो। त्यसैले आजै सक्नुपर्ने बाध्यता रहेको निर्वाचन आयोगले हामीलाई भनेको छ ।’
त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले पनि आजसम्मका लागि कार्यक्रम स्थल भाडामा रहेको बताए । उनले भने, ‘आजसम्मका लागि कार्यक्रम स्थल भाडामा लिएका हौँ । आजै रातभरमा निर्वाचनका कार्यक्रमहरू सक्छौं ।’
प्रतिक्रिया 4