+
+
Shares

विद्युतीय भोटिङबाट नेतृत्व चुन्दैछन् एमाले प्रतिनिधि (तस्वीरहरू)

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको छ।
  • मतदान भृकुटीमण्डपमा हुने र २४०० प्रतिनिधि सहभागी हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए।
  • मतदान प्राविधिक कारणले राति ८ बजेपछि मात्र सुरु हुने र उम्मेदवारको नाम मिलाउने काम भइरहेको छ।

१ पुस, काठमाडौं । नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन गरिँदैछ ।

मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गर्नेगरी तयारी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको भएपनि अझै सुरु भएको छैन ।

प्राविधिक प्रक्रिया मिलाउनेक्रम चलिरहेकाले राति ८ बजेपछि मात्रै मतदान सुरु हुने प्राविधिक लक्ष्मण रिमालले अनलाइनखबरसँग बताए ।

उनका अनुसार अहिले उम्मेदवारको नाम मिलाउने, फोटो कोडिङ गर्ने लगायतका काम चलिरहेको छ  ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

तस्वीरहरू: दिनेश गौतम/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?