News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ।
- पासाङ शेर्पाको उम्मेदवारी पनि खारेज भइसकेको छ र कुल दुई उम्मेदवारी खारेज भएका छन्।
- एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।
१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।
यससँगै उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए ।
उनका अनुसार ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन् ।
भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि चयन भएका छन् ।
प्रतिक्रिया 4