+
+
Shares

यी महाधिवेशन प्रतिनिधि, जो ओलीभन्दा पहिला पार्टी सदस्य बने

तेस्रो पटक अध्यक्ष बन्न उम्मेदवारी दिएका ओलीले २०२६ असोज ६ गते कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १९:२६
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । नेकपा (एमाले)को जारी महाधिवेशनका प्रतिनिधिहरूमध्ये केही यस्ता छन् जसले अध्यक्ष केपी शर्मा ओलीले भन्दा पहिला पार्टी सदस्यता लिएका थिए ।

तेस्रो पटक अध्यक्ष बन्न उम्मेदवारी दिएका ओलीले २०२६ असोज ६ गते कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । पार्टीको अभिलेख अनुसार उनको सदस्यता नम्बर १९४ छ ।

एघारौं महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । उनीहरूमध्ये अर्घाखाँचीका लक्ष्मण रायमाझीको सदस्यता नम्बर सबैभन्दा कम छ । सदस्यता नम्बर ७४ भएका उनी केन्द्रीय सल्लाहकार परिषद्बाट प्रतिनिधि बनेका हुन ।

सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको सदस्यता नम्बर ९३ हो । उनले २०२२ जेठ २ गते सदस्यता लिएका थिए ।

२०२४ साउन ४ गते सदस्यता पाएका टंकप्रसाद उप्रेतीको सदस्यता नम्बर १२६ छ । झापाका उप्रेतीले केन्द्रीय निर्वाचन आयोगबाट प्रतिनिधित्व गरेका छन् ।

सोमनाथ अधिकारी प्यासीको सदस्यता नम्बर १४४ हो । उनी २०२५ जेठ २८ गते पार्टी सदस्य बनेका थिए । कास्कीका उनी सल्लाहकार परिषद्बाट प्रतिनिधि बनेका हुन ।

धनुषाका रामचरित्र साहको सदस्यता नम्बर १४८ छ । सल्लाहकार परिषद्बाट प्रतिनिधि बनेका उनी २०२५ भदौ ५ गते सदस्य बनेका थिए ।

२०२५ भदौ ५ गते नै सदस्यता लिएका नेत्रप्रसाद पन्थीको सदस्यता नम्बर १५५ छ । रुपन्देहीका पन्थी अनुशासन आयोगबाट प्रतिनिधि बनेका हुन ।

बाँकेका देवराज भारले अध्यक्ष ओलीले लिएकै दिन अर्थात् २०२६ असोज ६ गते सदस्यता लिएका थिए ।

अनुशासन आयोगका भारको सदस्यता नम्बर १७९ छ ।

पदाधिकारीका कुन उम्मेदवारको सदस्यता कहिले ?

ओलीसँगै अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले २०२७ कात्तिक ७ गते सदस्यता लिएका थिए । पोखरेलको सदस्यता नम्बर २३२ छ ।

उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बरालले २०३३ असार ३,  रघुजी पन्तले २०३४ साउन ४, विष्णु पौडेलले २०३५ असोज ७, भीम आचार्यले २०३६ असोज ६, परशुराममेघी गुरुङले २०३७ पुस ११, पृथ्वीसुब्बा गुरुङले २०३७ फागुन ७, अरुण नेपालले २०४४ साउन ४, गोकर्ण विष्टले २०४४ साउन ४, टंकप्रसाद कार्कीले २०४५ भदौ ५, रामबहादुर थापाले २०४७ पुस १ र  विन्दा पाण्डेले २०४७ पुस २३ गते सदस्यता प्राप्त गरेका थिए ।

त्यस्तै, महासचिवका उम्मेदवारद्वय शंकर पोखरेलले २०४३ असार ३ र सुरेन्द्र पाण्डेले २०३७ कात्तिक ७ गते सदस्यता लिएका थिए । पोखरेलको सदस्यता नम्बर १२२१ र पाण्डेको ६२१ छ ।

तीन जना उपमहासचिवका लागि सात जनाको उम्मेदवारी परेको छ । उपमहासचिवका उम्मेदवारमध्ये योगेश भट्टराई, विष्णु रिमाल र राजेन्द्रप्रसाद गौतमले २०४४ साउन ४ गते सदस्यता पाएका थिए । त्यस्तै, लेखराज भट्टले २०२८ पुस ९, आनन्दप्रसाद पोखरेल २०३२ जेठ २, रघुवीर महासेठले २०४६ असोज ६ र वैजनाथ चौधरीले २०४७ मंसिर ९ गते सदस्यता लिएको देखिन्छ ।

नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । सचिवका उम्मेदवारहरू मध्ये खगराज अधिकारी २०३३ असार ३, कृष्णगोपाल श्रेष्ठ २०३७ कात्तिक ७, पुरुषोत्तम पौडेल २०३७ माघ ५, अग्निप्रसाद खरेल २०३६ असोज ६, लालबाबु पण्डित २०४१ जेठ २, भानुभक्त ढकाल २०४५ भदौ ५, ठाकुरप्रसाद गैरे २०४७ भदौ ९, पद्माकुमार अर्याल २०४७ असोज १२, हिक्मतकुमार कार्की २०४८ मंसिर ९, महेश बस्नेत २०५२ जेठ २ र रचना खड्का २०५८ माघ ३० गते सदस्य बनेका थिए ।

सचिवका प्रत्यासीमध्ये पाँच जनाले एकै दिन पार्टी सदस्यता लिएको देखिन्छ । छविलाल विश्वकर्मा, कर्णबहादुर थापा, राजन भट्टराई, पेम्बा लामा र गोकुलप्रसाद बास्कोटाले २०४७ पुस ९ गते सदस्य बनेका थिए ।

त्यस्तै, शेरधन राई र यामलाल कँडेलको सदस्यता प्राप्त मति २०४७ पुस १८ गते छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?