+
+
Shares

महेश बस्नेतलाई गोकुल बाँस्कोटाको शुभकामना: मुन्टो बटारेर हि ही गर्ने होइन

यहीबीचमा नेताहरूबीच घोचपेससँगै रमाइलो गफ पनि चलिरहेको छ। केहीबेरअघि प्रतिनिधिहरूसँग मत माग्ने क्रममा सचिवका उम्मेदवारद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतबीच भेट भएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ र आज नेतृत्व चयनका लागि मतदान हुँदैछ।
  • महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।
  • सचिव पदका उम्मेदवार गोकुल बाँस्कोटा र महेश बस्नेत फरक प्यानलबाट उम्मेदवार भएर मत माग्न व्यस्त छन्।

पुस १, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदानअघि नेताहरू महाधिवेशन प्रतिनिधिसमक्ष भोट माग्न व्यस्त छन् ।

यहीबीचमा नेताहरूबीच घोचपेससँगै रमाइलो गफ पनि चलिरहेको छ । केहीबेरअघि प्रतिनिधिहरूसँग मत माग्ने क्रममा सचिवका उम्मेदवारद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतबीच भेट भएको थियो ।

भेटमा बाँस्कोटाले बस्नेतलाई शुभकामना दिँदै भने, ‘ल ल शुभकामना छ, उता मुन्टो बटारेर हि ही गर्ने होइन ।’

एमालेको महाधिवेशनमा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । एउटा प्यानलको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ।

ओली लगातार तेस्रो कार्यकाल पनि एमालेको नेतृत्व गर्ने ध्याउन्नमा छन् भने पोखरेल ओलीलाई हराएर अध्यक्ष बन्ने ध्याउन्नमा छन् ।

मतदान स्थलनजिकै भेट भएका बाँस्कोटा र बस्नेत पनि फरक-फरक प्यानलबाट एकै पदका उम्मेदवार हुन्। बाँस्कोटा पोखरेल प्यानलबाट र बस्नेत ओली प्यानलबाट सचिव पदमा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?