News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको एघारौं महाधिवेशनमा अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएर निर्वाचनमा भिड्ने तयारी गरेका छन्।
- एमालेको नयाँ नेतृत्व चयनका लागि ८० विद्युतीय मेसिनबाट मतदान गरिनेछ र २ हजार २६३ प्रतिनिधि सहभागी हुनेछन्।
- मतदान भृकुटीमण्डपस्थित बन्दसत्र हलमा हुने र एकपटकमा ८० मतदाताले मताधिकार प्रयोग गर्ने व्यवस्था गरिएको छ।
१ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् । मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा देखिएका छन् ।
नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
ओली पक्षमा महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।
मतदानका लागि भृकुटीमण्डपमा बनाइएको बुथमा एकपटकमा ८० जना मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् ।
एक जना मतदातालाई विद्युतीय मतदानमा ३० देखि मिनेट लाग्ने अनुमान गरिएको छ ।
मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया 4