+
+
Shares

एमाले महाधिवेशन : मतदाता लाइन लागे, सुरु भएन मतदान

पटकपटक सारेर आज बेलुकी सात बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलसहित शीर्ष नेताहरू भृकुटीमण्डपमा मतदानका लागि उपस्थित भएका छन्।
  • मतदान आज बेलुकी सात बजेदेखि सुरु हुने भनिए पनि अझै सुरु भएको छैन र ८० विद्युतीय मेसिनबाट मतदान गरिनेछ।
  • मतदानमा २ हजार २६३ प्रतिनिधि सहभागी हुनेछन् र मत परिणाम भोलि दिउँसोसम्म आउने अपेक्षा गरिएको छ।

१ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ चयनको निर्वाचनमा भाग लिन मतदाताहरू लाइनमा बसेका छन् ।

तर, पटकपटक सारेर आज बेलुकी सात बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन ।

पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता गराएका केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका शीर्ष नेता समेत महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप पुगेका छन् । ओली र पोखरेल प्यानल नै बनाएर निर्वाचनमा भिड्न लागेका छन् । दुवै पक्षले आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

 एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।

मतदानका लागि भृकुटीमण्डपमा बनाइएको बुथमा एकपटकमा ८० जना मतदाताले मताधिकार प्रयो गर्न पाउनेछन् ।

एक जना मतदातालाई विद्युतीय मतदानमा ३० देखि मिनेट लाग्ने अनुमान गरिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

विद्युतीय मतदानका लागि एमालेले रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिन प्रयोग गर्न लागेको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले निर्धारित समयमा मतदान सुरुभए भोलि दिउँसोसम्म मत परिणाम आइसक्ने अनुमान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?