+
+
Shares

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते २०:२१

१ पुस, काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।

केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

मतदानका लागि प्रतिनिधिहरू लाइनमा समेत बसिसकेका थिए । आज बिहान १२ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै साँझ ८ बजेसम्मका लागि सरेको थियो ।

यद्यपि साँझ पनि मतदान हुन नसकेपछि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?