+

एनसेलले जित्यो कर्पोरेट टी-१० लिग

२०८३ वैशाख  १६ गते २२:२७ २०८३ वैशाख १६ गते २२:२७
एनसेलले जित्यो कर्पोरेट टी-१० लिग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित गर्दै जितेको छ।
  • एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रन बनायो, अनिल भण्डारीले ३३ बलमा ७४ रन बनाए।
  • एनसेलका अनिल भन्डारी प्लेयर अफ द म्याच र सुरज तिमिल्सिनाले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन्।

१६ वैशाख, काठमाडौं । टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले जितेको छ । काठमाडौंको तल्लो मुलपानी मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रनको बलियो स्कोर बनायो । एनसेलका लागि अनिल भण्डारीले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ७४ रन बनाए भने समाज पौडेलले २० बलमा ४८ रन जोड्दै टिमलाई उच्च स्कोरमा पुर्‍याए ।

१३२ रनको लक्ष्य पछ्याएको सुबिसुको सुरुवात राम्रो हुन सकेन । टिमले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ६३ रन बनाउन सक्यो । विवेक कुमार यादवले १७ रन र दमन चन्दले २३ रन बनाए पनि अन्य ब्याटरले राम्रो योगदान दिन सकेनन् ।

बलिङतर्फ एनसेलका निराजन परियारले २ ओभरमा १७ रन दिएर १ विकेट लिए । हिमाल चन्दले २ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए भने विवेक कुमार यादवले २ ओभरमा २४ रन दिए । सचिन्द्र ठाकुरले १ ओभरमा १८ रन खर्चिए ।

एनसेलका अनिल भन्डारी प्लेयर अफ द म्याच चुनिए । आईसीएफसी फाइनान्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए ।

कर्पोरेट टी-१० लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय