News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस क्लब एट्लेटिको मड्रिड र इंग्लिस क्लब आर्सनलबीच युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ।
- एट्लेटिकोको मैदानमा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत आर्सनललाई अग्रता दिलाएका थिए भने जुलियन अल्भारेजले पेनाल्टी गोल गर्दै बराबरी गोल फर्काए।
- अर्को लेग आगामी साता लन्डनमा हुनेछ र यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा पीएसजीले बायर्नलाई ५-४ ले हराएको थियो।
१७ वैशाख, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिड र इंग्लिस क्लब आर्सनलबीच युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ ।
एट्लेटिकोको मैदानमा बुधबार राति भएको खेलमा पहिलो हाफको अन्तिम समयमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत आर्सनललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५६औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमै गोल गर्दै एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।
खेलभर दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । अन्त्यतिर आर्सनलले पाएको अर्को पेनाल्टी भीएआर निर्णयपछि रद्द गरिएको थियो ।
अब दोस्रो लेग आगामी साता लन्डनमा हुनेछ ।
यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा पीएसजीले बायर्नलाई ५-४ ले हराएको थियो ।
प्रतिक्रिया 4