+
+
Shares

चुनाव जितेको २ महिनापछि रुकुमपूर्व जाँदै प्रचण्ड

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ वैशाख १७ गते ८:१५

१७ वैशाख, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज रुकुमपूर्व आउँदैछन् ।

चुनाव जितेको दुई महिनापछि आज उनी रुकुमपूर्व आउन लागेका हुन् । जिल्ला पार्टी संयोजक कुमारी बरालका अनुसार प्रचण्ड बिहान १० बजे रुकुमकोट पुग्नेछन् ।

प्रचण्ड रुकुम पश्चिममा छन् । त्यहाँबाट आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेर फर्किने कार्यक्रम रहेको छ ।

प्रचण्डको यो भ्रमण चुनावी समीक्षा बैठकमा केन्द्रित रहने बताइएको छ । निर्वाचन जितेलगत्तै फागुन २२ गते हेलिकप्टरमार्फत काठमाडौं फर्किएका प्रचण्ड त्यसयता जिल्लामा देखिएका थिएनन् ।

चुनावअघि जनताको घरदैलोमा पुगेर विकास, समृद्धि, सडक, रोजगारी र परिवर्तनका चर्का प्रतिबद्धता गरेका उनी जितेपछि भने राजधानीतिरै व्यस्त भए ।

मतदाताले प्रचण्डको यो भ्रमणलाई केवल औपचारिक राजनीतिक उपस्थितिका रूपमा होइन, चुनावी प्रतिबद्धताको परीक्षणका रूपमा हेरिरहेका छन् ।

समीक्षा बैठकभन्दा बाहिर जिल्लाका वास्तविक समस्या, सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारमाथि ठोस योजना आउँछ कि आउँदैन भन्ने प्रतीक्षा गरेको यहाँका नागरिकहरुले बताएका छन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?