१७ वैशाख, काठमाडौं । यही वैशाख १८ गते बिर्तामोडमा नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । साहित्यक संस्था नेपाली साहित्य डटकमको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
होटल किङ्सवरीमा दिउँसो २ बजेदेखि कार्यक्रम सुरू हुने नेपाली साहित्य डटकमका निर्देशक अर्जुन उप्रेतीले जानकारी दिएका छन् । कवि नवराज पराजुलीको पुस्तक ‘सगरमाथाको गहिराइ’ बिमोचनको दशौँ वर्षको उपलक्ष्यमा सो कार्यक्रम गर्न लागिएको उप्रेतीले बताए ।
कार्यक्रममा उपस्थित दर्शकले २ घण्टा नवराज पराजुलीको एकल प्रस्तुति सुन्न पाउनेछन् । साथै प्रत्येक दर्शकले एक प्रति ‘सगरमाथाको गहिराइ’ पाउने कविता कन्सर्टकी संयोजन सुनिता तामाङले जानकारी दिइन् ।
‘सगरमाथाको गहिराइ’ पुस्तक वि.स. २०७३ पद्मश्री साहित्य सम्मानबाट पुरस्कृत काव्यकृति हो ।
विद्यार्थीहरूलाई नेपाली साहित्यमा प्रेम जगाउने हेतुले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइने कार्यक्रमका विद्यालय संयोजक राज शेर्माले बताए ।
पराजुलीले विश्वका १७ देशमा पुगेर कविता कन्सर्ट गररिसकेका छन् ।
प्रतिक्रिया 4