+

धुलिखेलमा शुक्रबारदेखि सातौं एसियन सभात प्रतियोगिता हुँदै

२०८३ वैशाख  १७ गते १४:०७ २०८३ वैशाख १७ गते १४:०७
धुलिखेलमा शुक्रबारदेखि सातौं एसियन सभात प्रतियोगिता हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सभात संघको आयोजनामा सातौं एसियन सभात प्रतियोगिता वैशाख १८ देखि २० गतेसम्म काठमाडौं विश्वविद्यालयको हलमा सञ्चालन हुनेछ ।
  • प्रतियोगितामा नेपालसहित १० देशका करिब ३५० खेलाडी, रेफ्री र अफिसियल सहभागी हुनेछन् र १३६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
  • नेपालबाट पुरुष र महिला गरी १४३ खेलाडी सहभागी हुनेछन् र प्रतियोगिता वैशाख २० गते अपराह्न ४ बजे समापन हुनेछ ।

१७ वैशाख, काठमाडौं । नेपाल सभात संघको आयोजनामा सातौं एसियन सभात प्रतियोगिता तथा हिमालयन खुल्ला सभात प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।

प्रतियोगिता वैशाख १८, १९ र २० गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, हङकङ, चाइनिज ताइपेई, उज्वेकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, फ्रान्स र न्यूजिल्याण्डका गरी करिब ३५० खेलाडी, रेफ्री र अफिसियलको सहभागिता रहनेछ । विभिन्न उमेर र तौल समूह गरी कुल १३६ तौल समूहमा प्रतिस्पर्धा हुने संघले जनाएको छ ।

नेपालबाट पुरुष तथा महिला गरी १४३ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रम विहान १० बजे हुनेछ भने त्यसपछि खेल सुरु गरिनेछ । विजेतालाई दैनिक रूपमा मेडल वितरण गरिनेछ र प्रतियोगिता वैशाख २० गते अपराह्न ४ बजे समापन हुनेछ ।

संघका अध्यक्ष लक्ष्मण बस्नेतका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न छैटौं संस्करणका क्रममा नेपालले सातौं संस्करण आयोजना गर्ने प्रस्ताव राखेको थियो, जसलाई सहभागी देशहरूले समर्थन गरेका थिए ।

सातौं एसियन सभात प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय