+
+
Shares

‘परालको आगो’ को कमाइ २ करोड नाघ्यो, लगातार बिदाको फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ले प्रदर्शनको सातामा २ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ र प्रदर्शनको पहिलो दिनको शो संख्या बराबर कायम छ।
  • निर्देशक र कलाकारले दर्शक प्रतिक्रिया बुझ्न नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेका थिए।

काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ । बुधबार अपरान्हसम्म यो फिल्मको कलेक्सन चलचित्र विकास बोर्डको बक्सअफिसमा २ करोड रुपैयाँ ग्रस नाघेको छ ।

बिहीबार दिउँसोसम्म बक्सअफिसमा फिल्मको कुल कमाइ २ करोड १० लाख रुपैयाँ ग्रस नाघेको छ । निर्माताले फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा पनि २ करोड ११ लाख ग्रस कमाएको उल्लेख छ ।

शुक्रबार, शनिबार र आइतबार पनि सार्वजनिक बिदा भएकाले कमाइमा बढोत्तरी हुनसक्ने देखिन्छ । प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनित फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ ।

प्रदर्शनको साता पुग्न लाग्दा पनि यसको शोमा गिरावट छैन । बिहीबार मात्र फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ, जुन प्रदर्शनको पहिलो दिनको शो संख्या बराबर नै हो ।

फिल्मले सुखद व्यापार गरेपछि निर्देशकदेखि कलाकारसम्म दर्शक प्रतिक्रिया बुझ्न नेपालगन्ज पुगेका थिए । प्रकाश र सिर्जनाले बुधबार नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेर दर्शकसँग भेट गरे ।

यो फिल्मको लगानी ३ करोड रुपैयाँ बताइएको छ । लगानी उठाउन फिल्मले ७ करोड हाराहारीमा कमाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?