१७ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरू भेला पारेर रकम माग्न आएमा लखेट्नु भनेर अभिव्यक्ति दिने व्यक्ति समातिएका छन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा घर भएका भक्तपुर ठिमी बस्ने ४५ वर्षीय देवीप्रसाद संग्रौला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल तथा निगरानी अनलाइन टिभीमार्फत उक्त अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।
ऋणीहरूलाई उनले बैंकले रकम मागेमा कर्मचारीलाई लखेट्नु, भौतिक आक्रमण गर्नु, मोसो दल्नु जस्ता अभिव्यक्ति दिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4