+
+
Shares

अखिल नेपाल सुकुमवासी संघले गर्‍यो आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल सुकुमवासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको छ।
  • संघले पहिलो चरणमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित वसोवासीलाई गरेका वाचा स्मरण गर्न आग्रह गर्ने जनाएको छ।
  • दोस्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम र प्रधानमन्त्री फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन गर्ने संघले बताएको छ।

१७ वैशाख, काठमाडौं । अखिल नेपाल सुकुमवासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुमवासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित वसोवासीलाई गरेका वाचा स्मरण गर्न र जवरजस्ती उठिवास रोक्नका लागि सरोकारवाला सवैलाई आग्रह गरिने संघले जनाएको छ ।

त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष अमर परियारले जवरजस्ती नागरिकलाई उठिवास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।

शान्तिपूर्ण आन्दोलनबाट आफुहरुको माग सुनुवाई नभए मेची–महाकाली राजमार्ग र सुकुमवासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?