+

नेपाल आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको उपाधि होडबाट बाहिरियो

२०८३ वैशाख  १७ गते १७:०६ २०८३ वैशाख १७ गते १७:०६
नेपाल आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको उपाधि होडबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोली आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको उपाधि होडबाट बाहिरिएको छ।
  • अमेरिकाले इटालीलाई हराउँदै उपाधि पक्का गरेको छ।
  • नेपालले भानुआतुसँग र अमेरिकासँग हार बेहोर्दा ६ खेलमा ६ अंक मात्र जोडेको छ।

१७ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार भएको पहिलो खेलमा अमेरिका विजयी भएसँगै नेपालको उपाधि सम्भावना सकिएको हो ।

अमेरिकाले इटालीलाई हराउँदै उपाधि पक्का गरेको छ । इटालीले दिएको १०० रनको लक्ष्य अमेरिकाले १७औं ओभरमा पूरा गर्दै उपाधि जित्ने पक्का भएको हो ।

प्रतियोगितामा नेपालले अहिले भानुआतुसँग खेलिरहेको छ । यसपछि नेपालले इटालीसँग खेल्न बाँकी छ । यी दुवै खेल जितेपनि नेपाललाई पर्याप्त हुने छैन ।

६ खेलमा ६ अंक जोडेको नेपालले अब दुवै खेल जितेपनि १० अंक मात्र हुन्छ । अमेरिकाले ७ खेलमा १२ अंक जोडिसकेको छ ।

प्रतियोगितामा नेपालले अमेरिकासँग दुवै खेलमा हार बेहोर्दा भानुआतुसँगको खेलमा पराजित भएको थियो । यस्तै रुवान्डासँगको दुवै खेल जित्दा इटालीसँगको खेल जितेको थियो ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय