+
+
Shares

सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा नेतृ र सांसद रञ्जु दर्शनाले होल्डिङ सेन्टरमा सुकुमवासीको बसोबास केही सहज भएको बताएकी छिन्।
  • उनीहरूले गर्भवती, सुत्केरी र बालबालिकाको व्यवस्थापनमा समन्वय गरिरहेको र आवश्यक सेवा दिइरहेको उल्लेख गरेकी छिन्।
  • सुकुमवासीहरूले स्थायी बसोबास नपाउने भए पनि सरकारले व्यवस्थापन गर्ने आशा राखेको उनले बताएकी छिन्।

१७ वैशाख, काठमाडौं । रास्वपा नेतृ एवं काठमाडौं–१ की सांसद रञ्जु दर्शनाले होल्डिङ सेन्टरमा सुकुमवासीको बसोबास केही सहज भएको बताएकी छिन् । कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासीको अनुगमनमा पुगेकी उनले बसोबासमा केही सुधार भएको बताएकी हुन् ।

‘होल्डिङ सेन्टर आफ्नो घर होइन र घर जस्तो हुन पनि सक्दैन । तर हिजोको तुलनामा आज केही सुधार भएको छ । विशेषगरी छुट्टाछुट्टै निलो टेन्टहरूको व्यवस्था भएपछि बसोबास केही व्यवस्थित भएको पाएको छु,’ उनले भनेकी छिन् ।

गर्भवती, सुत्केरी र साना बालबालिकाको व्यवस्थापनमा समन्वय गरिरहेको उनले बताएकी छिन् । ‘उहाँहरूको तत्काल आवश्यकता र अनिवार्य व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छु,’ उनले भनिन् ।

सुकुमवासीको आशा सरकारसँग रहेको पनि उनले उल्लेख गरेकी छिन् । ‘आफू जन्मे–हुर्केको बस्ती भत्किएर सबै जना एउटै होल्डिङ सेन्टरमा बस्नुपरेको साझा पीडा स्पष्ट रूपमा देख्न पाएँ । तर त्यो पीडासँगै सरकारले व्यवस्थापन गर्छ, हामीलाई यहाँ स्थायी रूपमा राखिँदैन भन्ने गहिरो आशा पनि उहाँहरूमा देखियो । हिजोभन्दा भोलि उज्यालो हुनेछ भन्ने विश्वासले उहाँहरू अघि बढिरहनु भएको छ,’ उनले भनिन् ।

संघीय मन्त्रालय तथा भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालयको समन्वयमा काठमाडौं महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएको छ । राधास्वामी आश्रमले खाना आफैँ पकाएर खुवाइरहेको छ ।

‘गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि पोषणयुक्त आहार र आवश्यक सेवामा विशेष ध्यान दिनुपर्ने विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको प्रोटेक्सन क्लस्टरमार्फत सम्बन्धित निकायसँग समन्वय पनि भइरहेको छ,’ उनले भनेकी छिन् ।

भावनात्मक रूपमा पीडा देखाएर सुकुमवासीलाई सधैं सुकुमवासी नै रहन दिन नहुने उनको भनाइ छ । ‘जोखिमयुक्त स्थानमै राखिराख्नु पर्छ भन्ने असंवेदनशील तर्कसँग म सहमत छैन,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?