१७ वैशाख, काठमाडौं । बाजुरामा चट्याङबाट वनमा चरिरहेका ३९ बाख्रा मरेका छन् ।
बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका–१ रानीसैन वनमा चराउन लगेका ३९ वटा बाख्रा चट्याङमा परेर घटनास्थलमै परेको नेपाल प्रहरीले जनाएको छ ।
घटना बुधबार दिउँसोको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दिउँसो ४ बजेको समयमा भारी वर्षा भएपछि किसानले वनमा रहेको राउटे ओडारमा बाख्रालाई ओत लगाएका थिए । त्यहीँ चट्याङ लागेर बाख्रा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) नरेशबहादुर शाहीका अनुसार मरेका बाख्रामध्ये सज्जन कडाराका ११ र जसवीर रावलको २८ बाख्रा मरेका छन् ।
यस्तै कडाराका १५ र रावलका २४ बाख्रा गरी थप ३९ बाख्रा वेपत्ता रहेको इन्स्पेक्टर शाहीले जानकारी दिए ।
प्रतिक्रिया 4