+

अमेरिकाको डेनभरमा हिमालयन ओपन गल्फ हुने

२०८३ वैशाख  १७ गते १७:४९ २०८३ वैशाख १७ गते १७:४९
अमेरिकाको डेनभरमा हिमालयन ओपन गल्फ हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलोराडोस्थित डेनभरमा आगामी अगस्ट ८ र ९ मा 'हिमालयन ओपन गल्फ २०२६' आयोजना हुने भएको छ।
  • प्रतियोगिताले नेपाली तथा हिमालयन डायस्पोरालाई एकताबद्ध गर्ने र गल्फ खेललाई लोकप्रिय बनाउने लक्ष्य राखेको छ।
  • प्रतियोगिताको कुल पुरस्कार राशी १२ हजार अमेरिकी डलर तोकिएको छ र दीर्घकालीन अन्तर्राष्ट्रिय विस्तार योजना छ।

१७ वैशाख, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेनभरमा आगामी अगस्ट ८ र ९ मा ‘हिमालयन ओपन गल्फ (एचओजी) २०२६’ आयोजना हुने भएको छ ।

हिमालयन समुदायको पहलमा सुरु गरिएको यो प्रतियोगिता विदेशमा बसोबास गर्ने नेपाली तथा हिमालयन डायस्पोरालाई एकताबद्ध गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।

सुन्दर पहाडी परिवेशमा आयोजना हुने यस प्रतियोगिताले खेलकुदसँगै संस्कृति, मित्रता र जीवनशैलीलाई जोड्ने लक्ष्य राखेको आयोजकको भनाइ छ । प्रतियोगितामा अनुभवी खेलाडीदेखि नयाँ सिक्दै गरेका गल्फरसमेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य हिमालयन समुदायबीच गल्फ खेललाई लोकप्रिय बनाउनुका साथै नयाँ पुस्तालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु हो ।

साथै, प्रतियोगिताले खेलमार्फत सहकार्य, नेटवर्किङ र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पनि प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशी १२ हजार अमेरिकी डलर तोकिएको छ । प्रतियोगितामार्फत युवाहरूको सहभागिता बढाउने, मार्गदर्शनको वातावरण सिर्जना गर्ने र विश्वभर फैलिएको हिमालयन समुदायबीच सम्बन्ध सुदृढ गर्ने लक्ष्य लिइएको छ ।

आयोजकले यस प्रतियोगितालाई दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना समेत अघि सारेका छन् । हिमालयन ओपन गल्फलाई समुदायबीच एकता, पहिचान र आपसी सम्बन्ध मजबुत बनाउने ऐतिहासिक पहलका रूपमा हेरिएको छ ।

हिमालयन ओपन गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय