News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका वडा १५ ले स्वयम्भू महोत्सवको क्रममा खेलकर्मीहरुलाई सम्मान गरेको छ।
- नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ र वडा अध्यक्ष इश्वरमान डङ्गोलले दर्जनौं खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका छन्।
- स्वयम्भू महोत्सव वैशाख १२ गते सुरु भई वैशाख १९ गतेसम्म विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रमहरु आयोजना हुनेछन्।
१७ वैशााख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ ले स्वयम्भू महोत्सवको समयमा आफ्नो वडाका खेलकर्मीहरुलाई सम्मान गरेको छ ।
कामनपा वडा १५ ले भूकम्प स्मृति बहुउद्देश्यीय हलमा खेलाडी सम्मान तथा खेलकुद प्रदर्शनीको आयोजना गरेको हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा कामनपा वडा १५ का अध्यक्ष इश्वरमान डङ्गोलले नौ पटकका राष्ट्रिय महिला टेलबटेनिस च्याम्पियन नविता श्रेष्ठ, ओलम्पियन स्की खेलाडी सफलराम श्रेष्ठलगायत विभिन्न खेलका दर्जनौं खेलाडी, पूर्वखेलाडी तथा प्रशिक्षकलाई सम्मान गरे ।
सो अवसरमा उसु र कुङफुको डेमोन्स्ट्रेसन पनि गरिएको थियो । यसैगरी टेबलटेनिनस र ब्याड्मिन्टनका ओलम्पिक छात्रवृत्तिमा रहेका खेलाडीहरुले आआफ्नो खेलसम्बन्धी प्रस्तुति दिनुका साथै प्रदर्शनी खेलमा सहभागी पनि भएका थिए ।
स्वयम्भू महोत्सवभरि विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमका साथै खेलहरु पनि समावेश गरिएको हो । वैशाख १२ गते सुरु भएको स्वयम्भू महोत्सव वैशाख १९ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4