News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले रेडबुल दशाैं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ अन्तर्गत नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ।
- दुवै टोलीले लगातार चार खेल जितेर फाइनल पुगिसकेका छन् र शनिबार उपाधिका लागि भिड्नेछन्।
- पाँच सेटसम्म चलेको खेलमा न्यु डायमन्डले निर्णायक सेट १५-१३ ले जितेर विजयी भएको हो।
१७ वैशाख, काठमाडौं । रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ लिग चरणको अन्तिम खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ ।
यसअघि नै दुई टोली लगातार चार खेल जित्दै फाइनल पुगिसकेका छन् । दुई अपराजित टोलीबीच बिहीबार भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्दा न्यु डायमन्डले जित हात पारेको हो ।
न्यु डायमन्डले पहिलो सेट २५-१९ ले जितेर खेलमा अग्रता बनाएको थियो । त्यसपछि पुलिसले पुनरागमन गर्दै लगातार दुई सेट २५-२२ र २५-११ ले आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनाएको थियो ।
तर त्यो अग्रता पुलिसले कायम राख्न सकेन । न्यु डायमण्डले चाैथो सेट २५-१५ ले जित्दै खेल २-२ को स्थितिमा ल्यायो र पाँचाैं तथा निर्णायक सेट १५-१३ ले जित्दै न्यु डायमन्डले खेल जित्यो ।
अब यी दुई टोलीबीच शनिबार उपाधिका लागि भिडन्त हुनेछ ।
प्रतिक्रिया 4