+
+
Shares

सरकारले भन्यो– भोलि सबै सरकारी अस्पतालको ओपिडी खोल्नू

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वैशाख १८ गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले निर्देशन दिएको जनाएको छ।
  • मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले लगातार तीन दिन सार्वजनिक बिदाले ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको बताएका छन्।

१७ वैशाख, काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

भोलि सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?