News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका वडा नम्बर ११ वंशीघाट क्षेत्रमा अनाधिकृत बस्ती हटाउन डोजर पुगेको छ।
- काठमाडौंका विभिन्न वडामा अतिक्रमण गरिएका बस्तीहरू हटाउन डोजर र प्रहरी टोली परिचालित भइसकेका छन्।
- जिल्ला प्रशासन कार्यालयले वैशाख १८ बिहान ७ बजेबाट बस्ती खाली गर्ने कार्य सुरु हुने जनाएको छ।
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रमा रहेका अनाधिकृत बस्ती हटाउन डोजर पुगेका छन् । ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको हो ।
आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउ लगायतका स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया 4