+
+
Shares

आज १३७औँ श्रमिक दिवस

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते ८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।
  • सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्व श्रमिक दिवस मनाउने निर्णय भएको हो।
  • नेपालमा २००७ सालदेखि मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो।

१८ वैशाख, काठमाडौं । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस । विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

त्यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो । त्यही दिनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो ।

प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्तत: सफलतासमेत हासिल गर्‍यो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?