+
+
Shares
आईसीसी क्रिकेट विश्वकप लिग २ :

यूएईविरुद्ध नेपाली टिममा फेरबदल, ब्याटिङमा विनोद र अर्जुनलाई मौका

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते ९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङमा ठूलो परिवर्तन गरेको छ।
  • नेपालको दुवै नियमित ओपनर कुशल भुर्तेल र आसिफलाई बाहिर राखेर विनोद भण्डारी र अर्जुन कुमाललाई मौका दिइएको छ।
  • बलिङतर्फ करण केसी र बसिर अहमदलाई बाहिर राखेर नन्दन यादव र ललित राजवंशीलाई पुनगामन गरिएको छ।

१८ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध आजको खेलमा नेपाली टिममा ठूलो परिवर्तन देखिएको छ ।

त्रिवि क्रिकेट खेलमैदानमा भर्खरै सुरु भएको खेलमा ब्याटिङ तथा बलिङमा नेपालले ठूलो परिवर्तन गरेको हो ।

नेपालको दुवै नियमित ओपनर आजको खेलमा छैनन् । कुशल भुर्तेल र आसिफलाई बाहिर राख्दा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले मौका पाएका छन् । यस्तै अर्जुन कुमालले डेब्यू गरेका छन् ।

आरिफ पनि प्लेइङ ११ मा समावेश भएका छन् । बलिङतर्फ करण केसी र बसिर अहमदलाई बाहिर राखिएको छ । नन्दन यादव र ललित राजवंशीले पुनगामन गरेका छन् ।

शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरे पनि ओमानसँग निकै खराब प्रदर्शन गरेपछि टिममा फेरबदल गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?