+
+
Shares

बालाजु क्षेत्रका घर-टहरा पनि भत्काइयो (तस्वीरहरु)

घर भत्काउने पूर्वसूचना पाएपछि कतिपयले घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा र फर्निचर निकालेर सारेका थिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख १८ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएको छ।
  • जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी काठमाडौंका विभिन्न वडामा अनाधिकृत घर टहरा डोजर प्रयोग गरी भत्काउन भनेको थियो ।
  • सरकारले वैशाख १२ गतेदेखि काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाएको र बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको छ।

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । कतिपयले आफ्नो घर आफैं भत्काएका छन् । उनीहरुले घरका सामान अन्येत्र सारिरहेका छन् ।

सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रुपले बनाइएका घर टहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । सो सूचना अनुसार काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै ठाउँ खाली गर्न भनेको थियो ।

घर भत्काउने पूर्वसूचना पाएपछि कतिपयले घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा र फर्निचर निकालेर सारेका थिए ।

आजै काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्र र वडा नम्बर ११ को वंशीघाट क्षेत्र (टेकु नजिक)मा बनाइएका अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर प्रयोग गरी भत्काइएको छ।

आजै काठमाडौं महानगरपालिका वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा पनि डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?