+
+
Shares

शंखमुलमा पनि चल्यो डोजर

काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीमा डोजर चलाउन थालेको छ।
  • आजै सरकारले काठमाडौंको शंखमुल, बल्खु र माछापोखरी क्षेत्रमा अव्यवस्थित सुकुमवासी बस्तीमा डोजर लगाइरहेको छ।

१८ वैशाख, काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो ।

आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफैँ सामान सामान सारेका थिए ।

दोस्रोचरणमा आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?