+
+
Shares

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो   

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

रासस रासस
२०८३ वैशाख १८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको छ।
  • हलो खरिदमा २४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।
  • नगरपालिकाका नौवटै वडाका किसानलाई व्यावसायिक खेतीमा सहयोग पुर्‍याउन हलो वितरण गरिएको हो।

१८ वैशाख, बागलुङ । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न २४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।

ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?