News Summary
Generated by OK AI. Editorially reviewed.- बल्खुमा बस्ती भत्काएपछि फलामका टुक्रा र रडहरू कवाड व्यवसायीले धमाधम उठाउन थालेका छन्।
- कवाड व्यवसायी बिनोद जसवालले फलामका डन्डी र रडहरू प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा किनिरहेको बताउनुभयो।
- जसवालले भने, 'अब यो फाल्नुभन्दा किनेर लग्दा हामीलाई नि फाइदा हुन्छ' र फलाम बेच्ने योजना रहेको खुलाउनुभयो।
१८ वैशाख, काठमाडौं । बल्खुमा बस्ती भत्काएपछि यहाँका फलामहरू धमाधम कवाड व्यवसायीले उठाउन थालेका छन् ।
भग्नावषेशमा पुरिएका फलामका टुक्रा, रडहरू निकालिरहेका देखिन्छन् । कवाड व्यवसायीहरूले यहाँका टहराधनीसग खरिद गरेर उठाएको बताउँछन् ।
फलामहरू संकलन गरिरहेका कवाड व्यवसायी बिनोद जसवालका अनुसार उनीहरूले प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा फलामक डन्डी र रडहरू किनिरहेका हुन् ।
‘मिल्यो भने ४० रुपैयाँ । मिलेन भने ४५ रुपैयाँसम्म दिएका छौँ । अब यो फाल्नुभन्दा किनेर लग्दा हामीलाई नि फाइदा हुन्छ,’ जसवालले भने, ‘अब यो लगेर साहुहरूलाई बेच्छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4