+
+
Shares

इरान, इराक र लेबनान यात्रामा यूएईले लगायो प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेट्सले इरान, इराक र लेबनानको यात्रामा आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ।
  • यूएईको विदेश मन्त्रालयले ती देशहरूको यात्रा नगर्न र ती देशमा रहेका नागरिकहरूलाई तुरुन्तै फर्कन अपिल गरेको छ।
  • यूएईले तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा पनि गरिसकेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ ।

यूएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती  देशहरूको यात्रा नगर्न भनेको हो ।

‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, विदेश मन्त्रालयले यूएईका नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

यूएईले यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई ‘तुरुन्तै देश फर्कन’ पनि अपिल गरेको छ।

यसअघि, यूएईले ठूलो निर्णय गर्दै तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?