+

अक्षदीपको अर्धशतकमा यूएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

२०८३ वैशाख  ८ गते १८:५२ २०८३ वैशाख ८ गते १८:५२
अक्षदीपको अर्धशतकमा यूएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईले दोस्रो टी–२०आई खेलमा नेपाललाई १२९ रनको लक्ष्य दिएको छ।
  • यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको छ।
  • नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए।

८ वैशाख, काठमाडौं । दोस्रो टी–२०आई खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको  छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

यूएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिए । पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

अक्षदीप यूएई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय