+
+
Shares

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै थिए, दिउँसो बागमतीमा मृत भेटिए

‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो । अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख १८ गते १५:४७

१८ वैशाख, काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएका हुन् ।

मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।

उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको परिचय र मृत्युको कारण खुलाएको छैन । परिवारसँगको सम्पर्कमा पुगेर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?