+
+
Shares

सुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान

सुकुमवासी बस्तीमा प्राय कुकुर, बिरालोजस्ता प्राणीहरू खाना र छानका लागि समुदायमा आश्रित थिए ।  हाल मानिसहरुको स्थानान्तरण हुँदा पशुहरूको भने बिचल्ली भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँका बल्खु, बालाजु र शंखमुल क्षेत्रका सुकुमवासी बस्ती हटाउँदा त्यहाँ आश्रित पशुपन्छी आवासबिहीन भएका छन्।
  • पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. आभास पौडेलले डोजर चलाउँदा केही पशुमा चोट लागेको र मानसिक स्वास्थ्यमा असर परेको बताउनुभयो।
  • पशु चिकित्सक टोलीले घाइते पशुको उपचार गरिरहेको र पशु कल्याण संस्थाहरूले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई सुझाव दिएका छन्।

१८ वैशाख, काठमाडौं ।  काठमाडौँका बल्खु, बालाजु तथा शंखमुल क्षेत्रका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रममा मानिसहरूको सुरक्षित ठाउँमा व्यवस्थापनका कार्य भइरहँदा त्यहीँका समुदायमा आश्रित पशुपन्छी भने आवासबिहीन बनेका छन् ।

सुकुमवासी बस्तीमा प्राय कुकुर, बिरालोजस्ता प्राणीहरू खाना र छानका लागि समुदायमा आश्रित थिए ।  हाल मानिसहरुको स्थानान्तरण हुँदा पशुहरूको भने बिचल्ली भएको छ ।

घर टहरा भत्किँदा, डोजर चलाउँदा केही पशुहरूमा चोटपटक लागेको र यस्तो अवस्थामा धेरै पशुहरुको मानसिक स्वास्थ्यमा समेत असर पर्ने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा पशु कल्याणका फोकल अफिसर डा. आभास पौडेल बताउँछन् ।

आज पशु सेवा विभाग, नेपाल भेटेरिनरी एसोसिएसन, भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल लगायतका संस्थाबाट खटिएका पशु चिकित्सकहरुको टोलीले घाइते पशुको प्राथमिक उपचार गरिरहेका छन् । उनीहरूले प्रभावित क्षेत्रमा उद्धार गरिएका तथा अलपत्र परेका पशुपन्छीको अवस्थाबारे जानकारी लिएका छन् ।

टोलीले घाइते तथा बिरामी जनावरहरूको उपचार, आवश्यक औषधि उपलब्धता तथा व्यवस्थापनको अवस्थाको समेत मूल्यांकन गरेको जनाएको छ।

पशुहरुको उद्धार र आहारा व्यवस्थापनका लागि स्नेहाज केयर, एनिमल नेपाल,  अल फर पावस, टीएफसी नेपाल र क्याटलगायत पशु कल्याण सम्बन्धित संस्था तथा पशु अधिकारकर्मीहरुले विभागसँग सहकार्य गरिरहेका छन्। तत्कालका लागि केही राहत र उद्धार कार्यहरु सञ्चालन गरिएको भए पनि यी क्षेत्रका पशुपन्छीको पुनर्स्थापना तथा दिगो व्यवस्थापनका लागि दीर्घकाली योजना बनाउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?