१८ वैशाख, काठमाडौं । अमेरिकासँग वार्ताका लागि इरानले पाकिस्तानमार्फत नयाँ सर्त अघि बुझाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले शुक्रबार पाकिस्तानमार्फत आफ्नो पक्षले नयाँ सर्त पठाएको पुष्टि गरेका छन् ।
इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरिरहेकाले बिहीबार साँझ इरानका सर्तहरू बुझाइएको बकाइले बताएका छन् ।
बकाइले बिहीबार साँझ नै एक टेलिभिजन कार्यक्रममा इरानको प्राथमिकता युद्ध रोकेर स्थायी शान्ति हासिल गर्नु रहेको बताएका थिए । सोही क्रममा अमेरिकासँग जारी युद्ध रोकाउन धेरै देशहरूले मध्यस्थता गर्न चाहेपनि पाकिस्तानले नै त्यो भूमिका निर्वाह गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4