+
+
Shares

सरकारले डोजर चलाउन थालेपछि नागरिक आतंकित, घरघरमा टाँसियो जग्गाधनी पुर्जा

बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते ८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुमुमवासी व्यवस्थापनका लागि बस्तीहरुमा डोजर चलाइरहेको छ।
  • सुकुमवासीको पहिचान नगरी नदी किनारका जोसुकैको घर भत्काउन थालेपछि नागरिक आतंकित भएका छन्।
  • धोबीखोला क्षेत्रमा डोजर चलेपछि बासिन्दाले जग्गाधनी प्रमाणपत्र टाँसेका छन्।

१९ वैशाख, काठमाडौं । सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।

सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् ।

नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।

बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।

आज धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ ।

तस्वीर : केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?