+
+
Shares

रोल्पा दुर्घटनाको ३ दिनपछि रास्वपाले भन्यो– नागरिक सुरक्षा पहिलो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १०:१५

१९ वैशाख, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

पूर्वी रुकुमबाट रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको तीन दिनपछि विज्ञप्ति जारी गरेर रास्वपाले पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको हो ।

‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले नागरिकको सुरक्षा पार्टीको पहिलो प्राथमिकता भएको पनि उल्लेख गरेको छ । ‘नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट  छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रास्वपाले २० जनाको ज्यान जाने गरी १७ वैशाखमा भएको दुर्घटनाप्रति दुःख मनाउ गर्दै गर्दै भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा उद्दारका लागि खटिएकाहरूमा उच्च सम्मान व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?