News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको मार्तडी जोड्ने गुइगाड खोलाको ट्रस ब्रिज पुल जिर्ण भएर जोखिमपूर्ण बनेको छ र एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँसिएको छ।
- सडक डिभिजन कार्यालय साँफेबगरले ठेकेदार कम्पनीलाई ५ करोड २८ लाख रुपैयाँ निकासा गरिसकेको छ तर पुलले लोड टेस्टमा ३० टन भार समेत धान्न सकेको छैन।
- २०६८ सालदेखि निर्माण सुरु भएको पुलमा कम्सल सामग्री प्रयोग र म्याद थप भए पनि निर्माण कार्य पूरा नभएपछि पुनःनिर्माण आवश्यक भएको स्थानीयले बताएका छन्।
१९ बाजुरा, वैशाख । बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे मार्तडी सडकखण्डमा पर्ने गुइगाड खोलाको पुल जिर्ण बनेको छ । सोही जोखिमपूर्ण पुलबाट यातायात सञ्चालन भइरहेको छ ।
पुल जोखिम भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले एक पटकमा एउटा मात्र गाडि भनेर होडिङ्ग बोर्ड टाँसेको छ ।
पक्की ट्रस ब्रिज पुल निर्माण कम्पनीको लापरबाहीका कारण जीर्ण पुल बनेको छ । जोखिमपूर्ण ट्रस ब्रिजमा सावारी साधन सञ्चालन गर्न यातायात व्यवसायी बाध्य छन् ।
२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ५ करोड ९६ लाख १ सय १२ रुपैमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।
निर्माणको जिम्मा पाएको कम्पनीले विभिन्न बाहना बनाउदै सम्झौता अनुरुप काम सम्पन्न गर्न सकेन । सम्झौता अनुरुप काम सम्पन्न नगरेपछि थप ०७१ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपेको थियो । थप गरीएको समयमा समेत निर्माण सम्पन्न नगरे गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ ।
०७५ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी पछि पक्की ट्रस ब्रिजको चेकजाच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टमेट अनुसारको जडान नभएको सडक डिभिजन कार्यालय साफेबगरले बताएको छ । ७ वर्षअघि मात्रै निर्माण कार्य सम्पन्न भएको ६० मिटर लम्बाइ पुलले ४५ टन लोड भार धान्नु पर्ने हुन्छ ।
पुलको लोड टेस्टका लागि सडक डिभिजन कार्यालय साफेबगर अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा ३० टन लोड समेत धान्न नसकेर पुल लच्किएर चर्किए पछि पुल पास भएको छैन ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल संचालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ ।
पुलले स्टमेट अनुसारको क्षेमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुन: निर्माण हुनुपर्ने स्थानीय शिक्षक बहादुर थापाले बताएका छन् ।
सडक डिभिजन कार्यालय अछामका अनुसार पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताएका छन् ।
पुलको साईटमा एक पटक एक मात्र सवारी साधान आउजाउ गर्न साईनबोर्ड टासिएको छ । कुन सवारी साधान कति क्षमताको भन्ने नै छैन । एउटा मोटर साईकल मात्र आउजाउ गराउने की बस मात्र गराउने की लोड ट्रकहरु गराउने नखुल्दा बढी जोखीम भएको यातायात ब्यवसायीहरुले बताएका छन् ।
२०६८ साल निर्माण कार्य सुरु गरिएको पुल कम्सल निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पूरा नभए पछि पुलको साइडबाट लेन्टर खुइलिएर सरिया देखिन थालेका छन् । साइडका पिल्लरका भाग गुइगाड खोलाले बगाएर जमिनभन्दा माथि निस्किएका छन् । पिल्लरको सुरक्षाको लागि कसैले पनि ध्यान नदिएको स्थानीय तुला थापाले बताए ।
सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ । ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा ५ करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ ।
प्रतिक्रिया 4