+
+
Shares

घरधनीले लालपूर्जा देखाएपछि रोकियो डोजर, भेरिफाइ गर्न खटियो सरकारी टोली

काठमाडौंका सीडीओ भन्छन्– टोलीको रिपोर्टिङपछि निर्णय लिन्छौं

घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर स्थानीयले लालपूर्जा देखाएपछि रोकिएको छ।
  • काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, जग्गाबारे सत्यतथ्य पत्ता लगाउन आठ जनाको सरकारी टोली खटिएको छ।
  • सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ र त्यसपछि निर्णय गरिनेछ।

१९ वैशाख, काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर रोकिएको छ ।

सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, अहिले उक्त जग्गाबारे छानबिन गर्ने सत्यतथ्य पत्ता लगाउन सरकारी टोली खटिएको छ ।

डोजर पुगेपछि स्थानीयले लालपुर्जा देखाएपछि अहिले केहीबेरदेखि काम रोकिएको छ ।

घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।

‘कहिलेकाहीँ त फिल्डमा डोजर ब्रिग्रिएर वा मेसिनरी समस्या आएर रोकिने एउटा पाटो हो,’ सीडीओ पौडेलले भने, ‘केही जग्गाधनीहरूको पूर्जा छ, हाम्रो हकभोगको हो भनेर भनियो भन्ने कुरा आएको छ । त्यसलाई यकिन गर्नका लागि सरकारी टोली खटिएको छ ।’

उनका अनुसार, जग्गाबारे पत्ता लगाउन ८ जनाको सरकारी टोली खटिएको हो ।

‘काठमाडौं महानगरपालिकाका अधिकृत, नापि अधिकृत, मालपोत अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न बागमतीसहितको टोली खटिएको छ,’ सीडीओ पौडेलले भने ।

उनका अनुसार, सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ ।

‘फिल्डमा भेरिफाइ हुँदैछ । टोलीले हेर्छ, अनि रिपोर्टिङ गर्छ । त्यसपछि के गर्ने भन्ने निर्णय गर्छौं,’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?