+
+
Shares

प्रदीप ज्ञवालीको प्रश्न- बागमतीमा बगेका आँशुले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ?

‘सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्क बन्लान्, कुकूरहरू डुल्लान् । तर मान्छे रुनुपर्‍यो भने ? हामीले खोजेको विकास मोडल त्यो हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १६:३४

१९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बागमतीमा सुकुमवासीको आँशु बगेको बताउँदै त्यसले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ? भन्दै प्रश्न गरेका छन् । शनिबार जिल्ला समन्वय समितिको जिम्मेवारी विषयक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै यस्तो प्रश्न सोधेका हुन् ।

‘प्रधानमन्त्रीको सुन्दर थेगो छ– म नेपाल हाँसेको हेर्न चाहन्छु,’ ज्ञवालीले भने, ‘तर, बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ ?’

सुकुमवासी बस्तीमा खराब मान्छे पनि हुनसक्ने बताउँदै त्यो छुट्याउन नसकिने अवस्था नरहेको उनले बताए । ‘खराब मान्छे पनि थिए होलान् त्यहाँ, स्क्रिनिङ गर्नसकिने ठाउँ त थियो नि त । अस्ती थापाथलीमा खाली गर्दाखेरी हजार बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी । छक्क परियो– सेना समेत !,’ उनले भने । त्यति गर्नसक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबल राखेर प्रमाण मागेर स्क्रिनिङ गरेको भए के बिग्रिन्थ्यो भन्दै उनले प्रश्न गरे ।

उनले अगाडि भने, ‘जे देखिदै छ राम्रो लक्षण देखिएको छैन । हामीले खोजेको विकास मानवकेन्द्रित हो । विकास माइनस मानव गर्‍यो भने त्यो विकासको के अर्थ हुन्छ र ?’

त्यसरी गरिबका आँशु बागमतीमा बगाएर गरेको विकास सही मोडल हुन नसक्ने पनि नेता ज्ञवालीले बताए । ‘सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्क बन्लान्, कुकूरहरू डुल्लान् । तर मान्छे रुनुपर्‍यो भने ? हामीले खोजेको विकास मोडल त्यो हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?