+

पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ पुलिस, पुरुषतर्फ रुकुम पश्चिम च्याम्पियन

२०८३ वैशाख  १९ गते १८:३४ २०८३ वैशाख १९ गते १८:३४
पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ पुलिस, पुरुषतर्फ रुकुम पश्चिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन्।
  • महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै उपाधि रक्षा गरेको छ।
  • पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हराउँदै पहिलो पटक उपाधि जितेको हो।

१९ वैशाख, काठमाडौं । रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन् ।

शनिबार भएको फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हरायो भने पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हरायो ।

दुवैले लिग चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै उपाधिसहित नगद १० लाख रुपैयाँ जितेका छन् ।

रुकुमले साविक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा २९-२७, २५-२१, ३२-३० ले हराएर पहिलो पटक एनभीए भलिबल लिगको उपाधि जितेको हो ।

महिलातर्फ पुलिसले उपाधि रक्षा गर्ने क्रममा न्यु डायमन्डलाई २५-२१, १७-२५, २५-१३, २५-१९ ले हरायो । लिग चरणमा न्यु डायमन्डले पुलिसलाई पराजित गरेको थियो ।

१०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय