+

क्रिकेट अम्पायरको स्तर सुधारका लागि सेमिनार

२०८३ वैशाख  १९ गते २०:१९ २०८३ वैशाख १९ गते २०:१९

सेमिनारमा केही साताअघि सकिएको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको अम्पायरिङको समीक्षा गरिएको खानले बताए । 

क्रिकेट अम्पायरको स्तर सुधारका लागि सेमिनार

१९ वैशाख, काठमाडौं । क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपाल (कुसान)ले अम्पायरको स्तर अभिवृद्धिका लागि सेमिनार गरेको छ । कुसानले नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा शनिबार सेमिनार आयोजना गरेको अध्यक्ष समीर खानले जानकारी दिए ।

सेमिनारमा केही साताअघि सकिएको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको अम्पायरिङको समीक्षा गरिएको खानले बताए ।  प्रतियोगिताका  भिडिओमार्फत अम्पायरिङको एनालाइसिस गरिएको हो ।

सहभागीहरूले आफ्ना कमजोरीहरू आत्मसात गर्दै आगामी दिनमा अम्पायरिङको स्तर अझ सुधार गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष खानले बताए ।

सेमिनारमा तीन विदेशीसहित ३० अम्पायर तथा म्याच रेफ्रीको सहभागिता रहेको थियो । सेमिनारमा विदेशी अम्पायर र म्याच रेफ्रीहरूले आफ्नो अनुभवसँगै अम्पायरिङका अवस्था र चुनौतीबारे प्रशिक्षण गराएका थिए । सेमिनारमा क्यानबाट सचिव पारस खड्का र क्रिकेट म्यानेजर विनोद दास सहभागी थिए ।

क्रिकेट अम्पायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय